Sunday, April 10, 2022

सग्लो मानिस हुन बाँकी नै छ

अदृश्य तिम्रो देव खुसिपार्न,

देखिने प्राणीको बलि दिई अधर्मी नबन;


कथित मनोकामना पूर्ति गर्न,

अबोध प्राणीको रगत बगाई नरभक्षी नबन्;


सभ्य श्रेष्ठ कहलाउने तिमी मानिस,

बन्धक, निरिह, निष्कपट प्राणी मार्ने असुर नबन;


चढाउ बलि, चढाउने कुरा धेरै छन् तिमीसंग

लोभ छ, क्रोध, अहंकार, अज्ञान छ 

के छैन सबथोक छ, तिमी मानिस हुन अझै बाँकी नै छ |


चढाउ बलि, चढाउने कुरा धेरै छन् तिमीसंग

हिंश्रक, कपट, अर्धचेतन, दुराचार छ

के छैन सबथोक छ, सग्लो मानिस भै उभिन बाँकी नै छ |