Monday, November 7, 2022

यदि यस्तो हुँदो हो


सडक हिड्ने हुँदो हो, हामी स्थिर रहन्थ्यौ  

सडक स्थिर छ र त, हामी जिन्दगीभर दौडिरहन्छौं

समय रोकिने भए, अजम्बरी हामी हुन्थ्यौं

समय चल्छ, र त अनिश्चित भविष्यमा होमिन्छौं

मस्तिष्क स्थिर रहदो हो,मानिस कति निरर्थक हुँदो हो

मन तिब्र चल्छ, र त मानिस मानिसै बीच निर्दहि भो

यदि देव भैदिए, धर्मभिरुहरुका अभीष्ट नासिदो हो

अनस्तित्व छ, र त मन्दिर, मस्जिद, चर्च चुलिँदो भो

मुटुभित्र हृदय नहुँदो हो,मानव पथ्थरसरी खडा बस्थ्यो

हृदय छ र त मथिंगललाई प्रेमिल नथ्थिले डोर्याईबस्यो





गुराँस वाटिका कस्ले बनायो?

गुराँस वाटिका कस्ले लगायो

कोही भनिदेऊ कस्ले सजायो

वसन्त ऋतुको उमङ्ग जगायो


कसरी लगायो, कसरी जोगायो 

बनभरी फूलायो मोहनी लगायो

हिमश्रृंखला सारा सुगन्धित बनायो

नव बेहुली सरी हिमाखण्ड रमायो


गुराँस वाटिका कस्ले बनायो

कोही भनिदेऊ कस्ले सजायो

एकान्त बन बीच बाटिका लगायो

 

थुँगाका कोष कोषमा घुम्छ भ्रमरा माहुरी

गुराँसको बगान बीच याकहरु अनि चौरी

चरा चुरुङ्गी, किट पतङ्ग छन् वरिपरि


गुराँस वाटिका कस्ले बनायो

कोही भनिदेऊ कस्ले सजायो

स्वर्गरूपी बाटिका मनै  रमायो 


युवतीको ओठमा सजिने गुराँस

उनकै मुस्कानमा मस्किने गुराँस

चुल्ठी चुल्ठीहरुमा सिउरिने गुराँस

सिउँदो भरी, हातैभरी गुराँसै गुराँस


गुराँस वाटिका कस्ले बनायो?

कोही भनिदेऊ कस्ले सजायो


चट्टानी काख बीच हुर्किने गुराँस

लहराको झ्याङसंगै बेरिने गुराँस

झरनाको छाँगो सँगै शुसेल्ने गुराँस


कठ्याङरिने बतासमा रमायो

कोही भनिदेऊ कस्ले बनायो

गुराँसको वाटिका कस्ले सजायो?

(१०/०९/२०७८ - 26/Nov/2021)