Thursday, November 29, 2018

कथित विस्मृति


सम्हालिन जीवन खोजेकै थियो,
बदलिन सन्धर्भ थालेकै थियो,
उड्न पखेटा, के फ़िजाउन खोज्थे?
उही नमेटिने परिदृश्य अतितका,
फन फनी घुमिरहन्छ, दिमागै भरि आँखै भरि |

बाटो नयाँ खोलेकै थिए,
गन्तब्य फरक लिएकै थिए,
चाल्न पाइला, के उठाएको थिए?
उही सजिएका स्मृति अतितका,
झल् झली पोखीरहन्छन, पाइलै भरि गंतब्यै भरि |

विस्मृति जगाउन खोजेकै थिए,
जीवनमा नयाँ रङ्ग थापेकै थिए,
गती नयाँ के बढाउन खोज्थे?
उही छापिएका रंगेली अतितका
बुरबुरी उडिरहन्छ, बिपनै भरि, सपनै भरि |