Tuesday, October 25, 2022

जीवन र अभिलाषा

लडियो, झरियो अब दह्रो भै उभिनु त छदै छ
कायर होस् या अन्त्यहिन प्रतापी
उम्लेका यी अभिलाषा, साकार पर्नु नै छ |

जुट्नु छ,फुट्नु छ तैपनि अस्तित्व जोगाउनुछ
एकाङ्की होस् वा प्रतिस्पर्दा
भएका सारा यस, संभाल्नु छदै छ |

पढियो, बुझियो यद्यपि सिक्न त बाँकी नै छ
मूर्त होस् वा अकन्टक शाश्वता
उर्लेको यी उत्कन्ठा, जोगाउनु छदै छ|

बढ्नु छ, लड्डु छ तैपनि अड्नु त छदै छ,
जीवनको भोगाइ तीतो होस् वा मिठो
नश्वर यो जोवन, आखिर छोड्नु त छदै छ !!

Friday, October 14, 2022

पृथक नहोस्

ऊ आई मेरो आँखामा बसोस्

यसरी बसोस् की अरु कोही देख्नै नपरोस् 


मन मिलोस्, सोच, बोझ सबै मिलोस्,

यसरी मिलोस् की, अरुलाई ठाँउ नै नहोस्


रात नहोस्, दिन नहोस्, समय सुन्य बनोस्

यसरी निर्जन बनोस् की सुक्ष्मता रही रहोस्


 ऊ आई मेरो अस्तित्वमा घुसोस् 

यसरी घुसोस् की हेर्दा पृथक नहोस्


पृथक नहोस्, कबै पृथक नहोस् !!


मलाई बिथोल्न

नआउ साँझ बिहान बिथोल्न
हकै के छ तिम्रो पिरोल्न
मलाई बिथोल्न

नभेटु, नबोलु सकिन्छ हेर्दै नहेरु 
बिलाएको हिउँ, बगेको पानी
सकिन्छ पिउँदै नपिऊ

नआउ साँझ बिहान बिथोल्न

नलेखु, नभोगु अनुरागी बन्दै नबनु 
हराएको पल, दुखाएको मन
चिरिएको साईनो जोड्दै नजोडु

नआउ साँझ बिहान बिथोल्न
हकै के छ तिम्रो पिरोल्न
मलाई बिथोल्न