Monday, July 8, 2019

फर्केर हेर्दा (लघु कबिता संग्रह) - सुभाष आचार्य

सपना

आकास भरि फैलिएका सुन्दर चम्किला ताराहरु
रातभर पोल्टामा सोहोरेथेझोलामा राखेथे
एकै डल्लो भै बिहान  पुगेछ हिमालको चुचुरोमा
सुर्य भै उदाउन

अचम्म भयो सपना !!

बगैचा भरि फूलेका रंगी बिरंगी फूलहरु
टिपी प्रियसीको फूलदानि भरि सजाएथे
एक शिशि भै बिहान  उभिएछ मेरो दराजमा
 
अत्तर भै सुबासिन

अनौठो भयो सपना !!

मान्द्रा भरि छरियका मासुका साना ठुला टुक्राहरू
सकी नसकी डेक्चीभरि उठाएथे
सशरीर भै बिहान  लम्पसार परेछ आफ्नै पलंगमा 

आफै भै बिउझिन

आस्चर्य भयो सपना !!

***********
पुष २९२०४७
काठमाडौँ

-------------------------------------------------------------------------------------------------------------------- 


अतितका बर्तमानहरु

 नियाली बस्दैछुएक दर्शक बनेर
 श्रवण गर्दैछुएक स्रोता बनेर
ति अतितका नाटकका पराबर्तनहरुमा  !!

सयौ दिन साथ दिएथे
छुट्यौ तिमिबसे  रात कुरेर !!

छाती भरिको मायाँ दिएथे
हिडेउ तिमिबाँचे  दुखि बनेर !!

सधै मिठो निद्रा दिएथे
भागेउ तिमिबसे  जागा भएर !!

ठुलो सागर तारि दिएथे
गयौ तिमिरहे  माझि बनेर !!
  
**********
भाद्र २६२०४८
काठमाडौँ

-------------------------------------------------------------------------------------------------   
  

बिबस जिन्दगि

पिडा बाहेक अरु केहि भैदिए
यो जिन्दगि सफल मानिदिन्थे
टाडा होइन नजिक  भैदिए
माया होइन गालि सहिदिन्थे

डाडा पारि खस्ने उल्का टिप्न दौडीएछु
बाढी आइ बग्ने नदी तर्न लम्किएछु
बतासको बेग माझ उड्न तम्सिएछु !!

हार बाहेक अरु केही भैदिए
यो जिन्दगि यसै कतै डुलाउथे
बिर्सी  यता कतै आइदिए
 रङ्गीन फूल बनि फूली दिन्थे

मन भरि खेल्ने चित्र समाउन उफ़्रिएछु
उजाड जीवन बिताउन बिबस पारिएछु !!  

**********
माघ १०२०४८
काठमाडौँ
  
--------------------------------------------------------------------------------------------------------------------- 


 टुक्रिको गति

जिन्दगीको सिमा र सफलताको शिखर
म बलबुताले खोज्दै थि
समयको अंग प्रत्यङ्ग र परिस्थितिको कुना काप्चा
म हर कोसिसले खोज्दै थिए
तर
एकपल्ट फेरी म नराम्रो संग पछारिएछु
समयको हुरीमा एक पल्ट फेरी लतारिएछु
छैन अब गति केहि,
गतिशील दिमागमा स्थिर पर्खाइ, किमकर्तब्यबिमुड

मेरा कलमहरु लेख्दैछन अझै
कापीका पानाहरु भरिदैछन्, पल्टीदैछन
मेरा दिमाग गुन्दैछन, गम्दैछन
लक्षका डोरीले नतानेका होइनन्
म तानिएकै थिए
थिए म करिब अग्र पंग्तीमै
दुर्भाग्य पुन दोहोरियो
भाग्यको डोरी नराम्रो संग टुक्रियो
बढनै अघि नसक्ने गरि !!   

***********
श्रवण, २०४९
काठमाडौँ 

--------------------------------------------------------------------------------------------------------------------- 
  

ब्याकुलता

बादल भित्र नभमा उनकै आकृति सल्बलायोकी
चन्द्र भित्रको प्रकाशमा उनकै मुहार चल्मलायोकी
हेर्छु टाढाबाट दह भित्र नयन राखी !!

बगानको फूल भित्र तिम्रै ओठ मुस्कुरायोकी
तलाउको छाल संगै तिम्रै माया जुर्मुरायो कि
सोच्छु एक्लै बसी सून्यमा आफु राखी !!

बतासको धुन संगै तिम्रै गला गुन्गुनायोकी
प्रकाशको ताप भित्र तिम्रै स्पर्स रमरमायोकी
खोज्छु छौ कि संगै नजरका वरिपरि !!

********
पौष २४, २०४७
काठमाडौँ 

गीत माला - सुभाष आचार्य


धैर्य गर मनको चाहाना

नझार भूइमा ति आँखाका मोतिहरु
सबै मूल्य हराई जाला
संगाली राख प्रेमका पत्रहरु
कतै फेरी उडाई जाला
धैर्य गर मनको चाहाना
कतै कसैले चोरी लाला

जीवन एक फूल न हो
जसले चाह्यो उसले टिप्छ
झरनाको चिसो पानी न हो
जसले सक्यो उसले पिउछ
धैर्य गर मनको चाहाना
कतै कसैले चोरी लाला
 
छोपी राख आफ्नो नयनलाई
कोहि आइ डुबी देला
रोकी राख आफ्नो बोलीलाई
कोहि आइ गाइ देला
धैर्य गर मनको चाहाना
कतै कसैले चोरी लाला

********
मङ्सिर २७, २०४० 
काठमाडौँ

-------------------------------------------------------------------------------------------------- 




लज्जालु आँखाको लोभले (रेडियो नेपालमा पास: २०४० चैते १९)

लज्जालु आँखाको लोभले
मनै जलायो मेरो मुटु फुटायो

दुई दिनको  माया तिम्रो घाम झुल्के जस्तो
थाहा छैन तिमीलाई दर्द भयो कस्तो
लुकी बस्छु आँसु झारी मृत्यु मात्र कुरी
माया फाली तिमि गयौ कसम जति भुली

लज्जालु आँखाको लोभले
आँखै डुबायो मेरो बाटो हरायो

बसन्तको फूल आज सुकी झरी बस्यो
प्रकृतिको सिलसिला चुंडी कसले लग्यो
रंगी चंगी हरियाली टाढा टाढा भाग्यो
पात झर्यो उराठ छायो सून्य मात्रै लाग्यो

लज्जालु आँखाको लोभले
मनै जलायो मेरो मुटु फुटायो

**************
चैत्र २, २०१४०
गोरखा

---------------------------------------------------------------------------------------------------- 
 


शुभकामना

तिम्रो जीवनको हरेक यात्रामा
मेरो हृदयिक शुभकामना
शुभकामना ! शुभकामना !!

मान चडोस, आयु बढोस्
सुख शान्ति मिल्दै जाओस्
यस ऎश्वर्य साथ् बनोस्
मेरो आशिष लागि रहोस्

तिम्रो जीवनको.....
मेरो हृदयिक ......
शुभकामना ! शुभकामना !!

सफलताको मुहान फोरी
तिम्रो कार्य बढीरहोस्
शान्तिको दियोको साथमा
तिम्रो जीवन अमर रहोस्

तिम्रो जीवनको.....
मेरो हृदायिक ......
शुभकामना ! शुभकामना !!

*********
बैशाख , २०४१
गोरखा

-------------------------------------------------------------------------------------------------- 



गाइने दाजुको सारंगी

गाइने दाजुले सारंगी माथि
गीत र धुनमा लगाउछ साथी

चौतारी,मैदान, देउराली, बेसी
माया पिरतीको कथालाई खोजि
गुरास, चम्पा, सुनगाभा, बेली
बसन्त बहार गीतले डाकी

गाइने दाजुले ....
गीत र धुनमा ....
  
 मायालु हिड्ने गोरेटो छेकी
सुम्मेरा जीवन उसैको लागि
तस्बिर माथि चुम्बन कति
सताउने तिनले यादमा जति

गाइने दाजुले ....
गीत र धुनमा ....      

********
जेष्ठ ४, २०४१  
काठमाडौँ

------------------------------------------------------------------------------------ 



मेरो दिल हरायो

मेरो दिल यहाँ हरायो
भन तिमीले लियौकी

छटपट्टिले अत्यास लाग्छ
मुटु फुटे झैँ लाग्छ
दिउसै अध्यारो छाउछ
रातको के कुरा गरु

मेरो दिल......
भन तिमीले....

कुनै कुरा याद छैन
पागल भएको छैन
माया भन्ने थाहै छैन
प्रितको के कुरा गरु

मेरो दिल......
भन तिमीले.... 

*********
जेष्ठ ११, २०४१
काठमाडौँ

-------------------------------------------------------------------------------------------------- 
     


नसामा झुल्ने नसालु हु


प्रेममा मरेको हु एक लास
तर बाँकी रहेछ एक मुठ्ठी सास
मरे बाँच्ने मात्र एक हु
नसामा बाँच्ने मात्र एक हु

नसामा झुल्ने नसालु हु

साँझको नसामा मैले जिउनु पर्छ
बितेका कहानी मैले भुल्नु पर्छ
समय फालेर मैले जिउनु पर्छ
नसै नसामा  मैले भुल्नु पर्छ

नसामा झुल्ने नसालु हु

*********
जेष्ठ २२, २०४१
काठमाडौँ



असह्य पिडामा

असह्य पिडामा
बौलाउदो रहेछु
एकलासी पनमा
  चिच्याउदो रहेछु

जिउनुमा यहाँ सार्थकता छैन
हाँसोमा  यहाँ यथार्थता छैन    
यो दिल कतै बहलाउने छैन
मरेको आत्मा जगाउने छैन

असह्य पिडामा
बौलाउदो रहेछु...
आफै आफैमा
बिलाउदो रहेछु

********
भद्र , २०४१  
गोरखा

-------------------------------------------------------------------------------------------------- 



रात बितेन

दिन बित्न सक्यो हजुर
रात बितेन
आफैलाई बिर्से हजुर
तिमीलाई बिर्सीन

जीवनको हरेक पल टोलायो
प्रगतिको प्रत्यक पल ओइलायो
आकासको घाम जुन निदायो
नयनका बुँद सारा बर्षायो
 
दिन बित्न सक्यो हजुर
रात बितेन

जुनिभरका आशा तृष्णा पैरियो
बैरिहरुका बचन यहाँ बौरियो
सृजनाका उन्माद सबै टुक्रियो
त्रासै त्रासमा उन्मद लत्रियो 

दि बित्न सक्यो हजुर
रात बितेन

********
भद्र , २०४१  
गोरखा

------------------------------------------------------------------------------------------------- 



चुलबुले बानि

चुलबुले बानि यो नानीको
चंचले आँखा मोहनी बसाउने
गुन्यौ चोली यो नानीको
पातलो कम्मर मुटुनै चुडाउने

फूलकी थुँगा आँखामा बस्छ
भमरा टोलाउछ
पिरतीको गाथा कोइलिले गाउछ
मुहार लजाउछ

चुलबुले बानि ....
चंचले आँखा ....

आकासको बादल हावाले लान्छ
चन्द्रमा उदाउछ
आँखामा आँखा ठक्कर खान्छ
चेहरा झस्कन्छ

चुलबुले बानि ....
चंचले आँखा ....  
   
********
आश्विन , २०४१  
गोरखा

-------------------------------------------------------------------------------------------------- 



आँखा नझुकाई देऊ

आँखा नझुकाई देऊ, लज्जालु भावले
सिउदो नदेखाई देऊ, रंग्याउने आसले

हाँसो ओठमा किन त्यो
लोभ्याउने भावको
हेराइ माथि किन त्यो
लठ्याउने चालको

आँखा नझुकाई ....
सिउदो नदेखाई ...

हुरी आइसक्यो किन त्यो
अझै अडी रहन्छ
दिल बसिसक्यो किन त्यो
टाढै भईरहन्छ

आँखा नझुकाई ....
सिउदो नदेखाई ...

*********
जनवरी , १९८३


   



बिहानै सूर्यले हिमाललाई

बिहानै सूर्यले हिमाललाई
सुनको खास्टो ओडाई दियो
मायालु बस्ने चौतारीलाई
सफेद किरणले छोपी दियो

जान्छु पारि भन्ज्यांग
देउरालीलाई नाघी माथि
गांस्छु माया प्रिती
 पहाड पर्बत लिई साक्षि

डुल्छु झरना खोला
छाती भरि उमंग बोकी
गास्छु प्रेममा प्रिती
प्रकृतिलाई राखी साक्षि      

बिहानै सूर्यले .....
सुनको खास्टो ....

****************
कार्तिक २५, २०४१
गोरखा

----------------------------------------------------------------------------------------------------  


आँखा भएछु हजारौको

आँखा भएछु हजारौको
सामान भएछु बजारको

मौका पाए किनी दिन्छन कोहि
मौका परे बेची दिन्छन कोहि
चाहे जे होस् अस्थिर हु

बतास भएछु चौतारीको
पर्खाइ भएछु बिलासिको

मौका पाए पिईदिन्छन कोहि 
ताल परे ओछ्याईदिन्छन कोहि 
चाहे जे होस् म ऐयासी हु  

****************
कार्तिक २७, २०४१
गोरखा

---------------------------------------------------------------------------------------------------- 



उपहार दिउ के खै

उपहार दिउ के खै
आफै तिमीमा अर्पित छु

बादलको तरेलीमा सल्बलाउने आकार हौ
बसन्तको बगानमा लठ्याउने बाहार हौ
पिरतीको भावलाई अर्थ्याउने दर्पण हौ
तिमि आफै यहाँ एक उपहार हौ

उपहार दिउ के खै
आफै तिमीमा भित्रिएको छु

हृदयको तलाउमा चलबलाउने लहर हौ
तड्पीएको अधरलाई थमाउने सहारा हौ
एकान्तको प्रहारलाई रंग्याउने सरगम हौ
तिमि आफै यहाँ एक उपहार हौ

उपहार दिउ के खै
फै तिमीमा अर्पित छु

****************
बैशाख , २०५०
काठमाडौँ

----------------------------------------------------------------------------------------------------- 



सयौमा एक सुन्दरी देखे

सयौमा एक सुन्दरी देखे
ओठको मुस्कान केशको पंखा
सुस्तरी गोडा चालेर हिड्दा
बाहार बोकी आएको देखे

सयौमा एक सुन्दरी देखे
निहाली नजर आँखामा डुबें
लाजले रातो भएको देखे
गुरास सगै फुलेको देखे

सयौमा एक सुन्दरी देखे
दिलको खुसि ओठले खोल्दा
अधैरे सुन्दर भावले बोल्दा
चाहको एक प्रियसी भेटे

****************
जनवरी २१, १९९३ 
काठमाडौँ