सम्हालिन जीवन खोजेकै थियो,
बदलिन सन्धर्भ थालेकै थियो,
उड्न पखेटा, के फ़िजाउन
खोज्थे?
उही नमेटिने
परिदृश्य अतितका,
फन फनी
घुमिरहन्छ, दिमागै भरि आँखै
भरि |
बाटो नयाँ
खोलेकै थिए,
गन्तब्य फरक लिएकै
थिए,
चाल्न पाइला, के उठाएको
थिए?
उही सजिएका
स्मृति अतितका,
झल् झली
पोखीरहन्छन, पाइलै भरि गंतब्यै
भरि |
विस्मृति जगाउन खोजेकै
थिए,
जीवनमा नयाँ रङ्ग
थापेकै थिए,
गती नयाँ
के बढाउन खोज्थे?
उही छापिएका
रंगेली अतितका
बुरबुरी
उडिरहन्छ, बिपनै भरि, सपनै
भरि |
No comments:
Post a Comment