सपना
आकास भरि फैलिएका सुन्दर चम्किला ताराहरु
रातभर पोल्टामा सोहोरेथे, झोलामा राखेथे
एकै डल्लो भै बिहान त पुगेछ हिमालको चुचुरोमा
सुर्य भै उदाउन
अचम्म भयो सपना !!
बगैचा भरि फूलेका रंगी बिरंगी फूलहरु
टिपी प्रियसीको फूलदानि भरि सजाएथे
एक शिशि भै बिहान त उभिएछ मेरो दराजमा
अत्तर भै सुबासिन
अनौठो भयो सपना !!
मान्द्रा भरि छरियका मासुका साना ठुला टुक्राहरू
सकी नसकी डेक्चीभरि उठाएथे
सशरीर भै बिहान त लम्पसार परेछ आफ्नै पलंगमा
आफै भै बिउझिन
आस्चर्य भयो सपना !!
***********
पुष २९, २०४७
काठमाडौँ
--------------------------------------------------------------------------------------------------------------------
अतितका बर्तमानहरु
म श्रवण गर्दैछु, एक स्रोता बनेर
ति अतितका नाटकका पराबर्तनहरुमा !!
सयौ दिन साथ दिएथे
छुट्यौ तिमि, बसे म रात कुरेर !!
छाती भरिको मायाँ दिएथे
हिडेउ तिमि, बाँचे म दुखि बनेर !!
सधै मिठो निद्रा दिएथे
भागेउ तिमि, बसे म जागा भएर !!
ठुलो सागर तारि दिएथे
गयौ तिमि, रहे म माझि बनेर !!
**********
भाद्र २६, २०४८
काठमाडौँ
-------------------------------------------------------------------------------------------------
बिबस जिन्दगि
पिडा बाहेक अरु केहि भैदिए
यो जिन्दगि सफल मानिदिन्थे
टाडा होइन नजिक उ भैदिए
माया होइन गालि सहिदिन्थे
डाडा पारि खस्ने उल्का, म टिप्न दौडीएछु
बाढी आइ बग्ने नदी, म तर्न लम्किएछु
बतासको बेग माझ, म उड्न तम्सिएछु !!
हार बाहेक अरु केही भैदिए
यो जिन्दगि यसै कतै डुलाउथे
बिर्सी उ यता कतै आइदिए
म रङ्गीन फूल बनि फूली दिन्थे
मन भरि खेल्ने चित्र, म समाउन उफ़्रिएछु
उजाड जीवन बिताउन, म बिबस पारिएछु !!
**********
माघ १०, २०४८
काठमाडौँ
---------------------------------------------------------------------------------------------------------------------
टुक्रिएको गति
जिन्दगीको सिमा र सफलताको शिखर
म बलबुताले खोज्दै थिए
समयको अंग प्रत्यङ्ग र परिस्थितिको कुना काप्चा
म हर कोसिसले खोज्दै थिए
तर
एकपल्ट फेरी म नराम्रो संग पछारिएछु
समयको हुरीमा एक पल्ट फेरी लतारिएछु
छैन अब गति केहि,
गतिशील दिमागमा स्थिर पर्खाइ, किमकर्तब्यबिमुड
मेरा कलमहरु लेख्दैछन अझै
कापीका पानाहरु भरिदैछन्, पल्टीदैछन
मेरा दिमाग गुन्दैछन, गम्दैछन
लक्षका डोरीले नतानेका होइनन्
म तानिएकै थिए
थिए म करिब अग्र पंग्तीमै
दुर्भाग्य पुन दोहोरियो
भाग्यको डोरी नराम्रो संग टुक्रियो
बढनै अघि नसक्ने गरि !!
***********
श्रवण, २०४९
काठमाडौँ
---------------------------------------------------------------------------------------------------------------------
ब्याकुलता
बादल भित्र नभमा उनकै आकृति सल्बलायोकी
चन्द्र भित्रको प्रकाशमा उनकै मुहार चल्मलायोकी
हेर्छु टाढाबाट दह भित्र नयन राखी !!
बगानको फूल भित्र तिम्रै ओठ मुस्कुरायोकी
तलाउको छाल संगै तिम्रै माया जुर्मुरायो कि
सोच्छु एक्लै बसी सून्यमा आफु राखी !!
बतासको धुन संगै तिम्रै गला गुन्गुनायोकी
प्रकाशको ताप भित्र तिम्रै स्पर्स रमरमायोकी
खोज्छु छौ कि संगै नजरका वरिपरि !!
********
पौष २४, २०४७
काठमाडौँ
No comments:
Post a Comment