उ बेरोजगार भएर काम खोज्दैछ
म काम छोडी बेरोजगार हुँदैछु
म बेरोजगार भित्रै नयाँ काम खोज्दैछु
नयाँ कामहरूका बेजोड वेग छन्
मनग्य काम छन्,
कुन रोंझु अन्यमनस्कमा म छु !
म तौलन्छु आफैलाई
मेरो ल्याकत सानो की चाहाना ठूलो?
मेरा कल्पना सानो की मेरा अपेक्षा ठूलो?
चाहना र अपेक्षाले मेल नखाएको कि
एकले अर्कोलाई उछिनेको
मनग्य काम छन्
कुन रोंझु अन्यमनस्कमा म छु !
भएको कामले नतानेरै त होला
अथाहा अदृश्य काम खोज्दैछु
कुन दिशा जाऊ, कुन विचार अपनाउ
दिनको उज्यालोसगै रमाउ वा
रातको कालो अदृश्य भित्र डुबू
रात र दिनको अथाहा फैलावट भित्र
मनग्य काम छन्
कुन रोंझु अन्यमनस्कमा म छु !
मैले कामलाई चिन्न सकिन की
कामले मलाई चिनेन
प्रस्ट म छु, काम ठूलो वा सानो छैन
आखिर हृदयको सन्तुष्टि नै त हो
मेरा सन्तुष्टि र काम बीच द्वन्द्व के को?
नयाँ कामहरूका बेजोड वेग छन्
मनग्य काम छन्
कुन रोंझु अन्यमनस्कमा म छु !
No comments:
Post a Comment