Tuesday, July 7, 2020

लघु यथार्थ

"कानून र फुटपाथे व्यापार"

सडक छेउमा मकै पोलेर बेची, दिन बिताएर टिपेको निगुरो बेची, चर्को घाममा भुटेको मकै बेची, नाग्लोमा सामान बेची एक गरिबले आफ्नो र बच्चाबच्चीको पेट पाल्न वर्जित छ यहाँ;

ती लखेटीन्छन् कहिले, पिटीन्छन, लात्तीले गोदिन्छन्, सामान खोसिन्छन् वा पोखिन्छन् सडकमा भरी;

जानेको र सकेको गरिखान गैह्र कानूनी ठहरिन्छ यहाँ; तर किन्ने ग्राहक निर्दोष ठहरिन्छ, हिँड्छ छाति फुलाई;

कारबाही गर्नेले ती बिक्री गर्ने गरीबहरूको टिठलाग्दो अनुहार, आँखाभरि छचल्किएको आँसु, हात जोडी बिन्ती गर्दा कापेका हातहरु र हाउभाउ गहिरिएर हेर्ने हो भने, सायद कारबाही गर्न बनाइएको कानून निरीह बन्छ र विबेकबबाट सृजित फैसला निर्णायक बन्छ !!

तर विवेकी निर्णय प्रहरी वा नगर-प्रहरीको कहाँ चल्छ, कानूनी आदेश जो माथिको छ |

No comments:

Post a Comment