Sunday, July 26, 2020

दृष्टि मै सृस्थी

दृष्टि मै सृष्टि  

चिन्ता किन? पिडा किन? अरु कसैले दिदैन,
पिडा वा चिन्ता आफ्नो गणितीय सोचको उपज हो |

सत्कार सोचौ वा घृणा मानौ, अरुको ब्यबहारले,
जुन आफ्नो ल्याकतामा होइन, दिनेको स्तरमा हुन्छ |

ठुलो को र सानो को? यो त आयतनको रुप हो,
जात, पद, दौलत न ठुलो न सानोको हो मानक |

सफल को? खराब को? कर्मको प्राप्तिमा देखिन्छ,
विद्वान बाड्छ विद्या बाड्ने सफल;चोरले लुट्छ लुट्ने नि सफल |

असल को खराब को? सापेक्षतामा हुन्छ,
अयोध्यामा राम अशल, लंकामा रावणै अशल |

को हो धनि को छ कंगाल?
दिलैले बाँडे गरीबै धनि, सोहोर्ने कुबेर चै कंगाल | 

No comments:

Post a Comment