Friday, November 12, 2021

कसरी सम्हाल्नु जीवन

 

न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न चाह नै थियो, न राह नै थियो

न घटना थियो, न दुर्घटना नै हो

भिजेको मनमा लेऊ पलायो,

पखाल्नै नसक्ने यादले समायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न सामीप्य टूटथ्यो, न सोच जुध्थ्यो

न रिस थियो, न बिष थियो

उर्वर मनमा स्नेह पलायो

कहिल्यै नटुट्ने योगले बसायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न सम्पर्कै हुनगो, न सवालै  रह्यो

न मेटिनै सक्यो, न चोइटिने भयो

तिखो स्मारणले कब्जा जमायो

संगम नहुने भेलले बगायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


No comments:

Post a Comment