Friday, November 12, 2021

शून्यलाई चिर्ने गरी

 चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


बेगमा ल्याई दे तर्कनाका लहर

प्वाँखमा राखी दे उनैको रहर

शिरमा भरी दे केवल उन्को अधर

पाउमा राखि दे कदमका चाल

कण्ठमा मिसाइ दे चित्तका बेहाल

दृष्टिमा बोकी दे हुटहुटी कै  मिलन

कदममा गाँसि दे प्राप्तिको जीवन


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


साँझमा ल्याई दे ओठको गोधूली

प्रात:मा छरी दे मिर्मिरे हिमचुली

वर्षामा ढाकी दे हार्थुङ्गो माथि माथि

रात्रिमा बालि दे  दन्तलहर कै कान्ति

घाममा राखी दे भर सौम्यको छाहारी

खडेरीमा अंकुर दे वात्सल्य उनकै सापटी 


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी

No comments:

Post a Comment