केन्द्रमा २/३ को सरकार, प्रदेस ६/७ मा आफ्नै सरकार, स्थानीय निकाय NCP ले भरिभराउ, जनता सबै जसो उनकै पक्षमा, प्र.म अति राष्ट्रबादी, दूर द्रष्टा, अर्थ मन्त्रि बित्तकै ज्ञाता, साथै अनुभवी मन्त्रिहरु/ स्थानीय सरकार १४ महिना र केन्द्र, प्रदेस सरकार बिगत ७ महिना देखी, छिमेकी दुवै मुलुक दाइना...!
तैपनि ढलेको सिन्को उठ्दैन, Tax मनलाग्दी वृद्धि, महंगी, असुरक्षा, भ्रष्टाचार, जनता वाक्क, दिक्क/
जनता कांग्रेससंग आजित थिए, तेसैले २/३ मत दिए, पत्याए, बिस्वास गरे, बिदेस भासिने नेपालि समेतले सुभकामना र सदिक्षा ब्यक्त गरेका छन्, धैरे गरे, अब के मात्रै गर्न बाँकि छ जनताले सरकारलाई?
सफा हावा, पानी, सडक, खाद्यान्न ब्यबस्था गर; सुलभ सिक्षा, स्वास्थ्य, यातायात बनाउ; नागरिकको आवाज दिने सार्बजनिक स्थल कब्जा नगर भन्दा जनता माथि सरकार र यिनका मतियार खनिदा भने उदेक लाग्छ/
के यसै गरि चलाउन जनताले सम्पूर्ण मत NCP लाई घोप्ट्याएका हुन् त? चाहेको गर्न नसके, सकिएन भन्दै जनता संग याचना गर्दै सहयोग र सह-कार्यको लागि हात बढाउनु पर्ने होइन? सुझाव दिने जनतालाई उल्टो बक्र दृष्टिले हेर्ने, बिपक्षि लाई दुत्कार्ने आदत कदापि प्रजातान्त्रिक वा लोकतान्त्रिक आदत होइन/
अन्यथा..
के यो देसले अर्को अनिष्ट भोग्न बाध्य भएको हो त?
No comments:
Post a Comment