कुनै पनि कार्यालयमा
कुनै काम बिशेषले
जानु परेमा सो
कामको प्रक्रिया सम्बन्धि
जानकारी आफुलाई पहिल्यै भएमा,
सो कामको प्रक्रियामा
दुखदिने र झन्जटिलो
बनाउने सम्भावना कम हुन्छ|यसको प्रक्रियाको बारेमा
जानकारी आफ्ना चिनेजानका मानिससंग,
सो कार्यलयको सूचना
शाखा वा कार्यालयमा
टाँसेको बडापत्र मार्फत जानकारी
लिन सकिन्छ| इन्टरनेट
वा सामाजीक संजाल
चलाउने व्यक्तिहरुले सो मार्फत
पनि अगाबै प्रसस्त
जानकारी लिन सक्दछन|
१.कार्यालयमा
आफ्नो निबेदन र
सम्बन्धित कागजपत्र पेस गरिसकेपछि
सो को दर्ता
नम्बर वा भर्पाइ
नलीइ सो निबेदन छोड्ने नगर्नुहोस|
२.सकभर
दलाल वा बिचौलिया
मार्फत काम नगर्नुहोस
वा नगराउनुहोस किनकि
उनीहरु छिटो र
छोटो बाटो जान
खोज्छन| यसो गर्दा
उनीहरुले या त
प्रक्रिया पुरा गर्दैनन्
या कागज
पत्र गैह्र-कानुनी
किसिमले अदल बादल
गरि जसरि पनि
काम फत्ते गर्ने
गर्छन| यदि यसमा
पछि समस्या देखिए,
आफु नै फसिने अवस्था आउछ|
३. कार्यालयको
कार्य-प्रक्रिया वा
बडापत्रमा उल्लेख गरे भन्दा
बढी कागजात कुनै
फाँटवालाले मौखिक आदेस गरि मागेमा
र सो आफुले
तत्काल उपलब्ध गराउन नसक्ने
अवस्था भएमा, सो बिषय
कार्यालयको प्रमुख समक्ष लिखित
निबेदन पेश गरि
सो को आबस्यकता
किन पर्यो भन्ने
जानकारी माग्न सकिन्छ| प्रमुखले
सोहि निबेदनमा तोक
लगाई सो समस्याको समाधान
तुरुन्त दिन सक्छन |
४.सकभर
गैह्र कानुनि किसिमले
काम गर्न उत्प्रेरित
नगर्नुहोस वा नगराउनुहोस|जस्तै: सरकारी कानुनले तोके
अनुरुप पैसा भुक्तानी
गर्दा नगद नगरी
चेक मार्फत गर्नुहोस| कुनै कारण बस
पछि प्रमाण प्रस्तुत
पेश गर्नु परेको
खण्डमा बैंकको स्टेटमेन्ट प्रयोग
गर्न सकिन्छ| निश्चित
रकम भन्दा बढी
भुक्तानी गर्नुपरेमा सरकारले चेक
मार्फत भुक्तानी गर्नु पर्ने
नियम बनाएको हुन्छ|
५.यदि
कुनै फाटवालाले तपाइँसंग
काम गरे बापत
घूस मागेमा वा
स्वार्थपूर्ण अन्य माग
राखेमा निम्न तरिका अपनाउनुहोस:
oसो घूस वा माग
कुनै पनि
हालतमा स्वीकार नगर्नुहोस बरु
सो व्यक्तिसंग आँखा
मा आँखा जुधाएर
कुरा गर्नुस| तुरुन्त
उसको नाम सोध्नुहोस
र उसको कार्यालयको
पद वा "सर वा मेडेम" भनेर सम्बोधन
नगरी उसको नाम
(जस्तै: गोपालजी वा गायत्रीजी)
बाटै सम्बोधन गर्नुहोस,
यसो गर्दा उसको
आत्मबल कमजोर हुन्छ| भद्र
तवरले बोल्नुहोस तर
आफ्नो आत्मबल दह्रो
बनाउनुस|
oभन्नुहोस कि "मैले
आबस्यक प्रक्रिया पुरागर्न चाहिने
सम्बन्धित कागज-पत्र
सबै पेश गरेको
छु, के घूस
बेगर काम नहुने
भन्नु भएको हो?
तपाई प्रष्ट हुनुस
कि, म घूस
दिने पक्षम छदै
छैन"|
oयदि
फेरी उसले दबाब
दिएमा, तपाई अलि
ठुलो स्वरमा (दाया
बाया भएका मानिसले
सुन्ने गरि) प्रष्टसंग
भन्नुहोस कि "म घूस
दिन तयार छु
तर तपाईले सो
रकमको बिल मलाई
दिनु पर्छ, अन्यथा
म दिने पक्षम
छैन"|
oसकभर
यो सम्बाद कार्यालयमा
भएका कर्मचारी समुहसंग
वा तिनीहरुले सुन्ने
गरि भन्नुहोस्, किनकि
तेस्त कर्मचारी घूस
एकान्तमा माग्ने गर्दछन|
६.यदि
पैसा वा माग
पुरा नगरी काम
नगर्ने संकेत गरेमा, यसको
उजुर गर्न आफु
सो कार्यालयको सम्बन्धित
बिभागका बरिष्ट कर्मचारी वा
सम्बन्धित भ्रष्टाचार सुन्ने सरकारी
निकायमा जान बाध्य
भएको उनीहरुलाई प्रष्ट
बताउनुस|
माथि उल्लेखित
Tips मेरा व्यक्तिगत विचार र
सोचाइ हुन्| यस्ता
समस्यासंग जुध्न विभिन्न शिप,
कला, तरिका आ-आफ्ना हुन पनि
सक्छन, जुन व्यक्ति
बिशेषले, ठाउँ बिशेषले,
परिस्थिति बिशेषले
निर्धारण गर्छ| मुख्य कुरा
भनेको, यदि कसैले
आफुमाथि अन्याय र शोषण
गर्छ भने सो
सहनु अपराध हो,
प्रतिकार कुनै न
कुनै किसिमले गर्नै
पर्छ| जति घुष
लिनु अपराध हो,
तेति नै घुष
दिनु पनि अपराध
हो भन्ने कुरा
हामीले कहिल्यै भुल्नु हुन्न|अन्तमा, एक असल
नगरीको कर्तब्य राज्यमा स्थाफित
नियम, कानून र
पद्धतिलाई प्रभावशालि बनाउन आफुले
सक्ने भूमिका खेल्दै,
भ्रष्टाचार मुक्त समाज सृजना
गर्न योगदान पुर्याउनु
हो|
No comments:
Post a Comment