एक दसक अगिको
कुरो हो, जब म
नैरोबी, केन्यामा कुनै सरकारी
बैठक वा अन्तरास्ट्रिय
संस्थाको गोष्ठी, सम्मेलनमा ठुला/ठुला होटलका
भोजमा जान्थे उगाली
(सेतो मकैको ढेड़ो),
खानाको लाइनमा देख्दा अचम्म
मान्थे, तर त्यहाँको
मौलिक खाना यति
धेरै स्थापित छ
कि ढेड़ो ठुला
ठुला भोजमा राख्नु
र खानु भनेको
ठुलाबडाlलाई पनि
सामान्य कुरा हो|
तेसैगरि रुवान्डा, युगान्डाका भोज/भतेरमा माटाओके (उसिनेको
काचो केरा) ले
लिएको स्थान देख्दा;
तरुल र सखरखण्डlले प्यासिफिक
टापुमा मुख्य खानामा सजिएको
देख्दा म इर्श्या
गर्थे| किन नेपालका
भोजले, स्थानीय हुने खानेको
भान्साले हाम्रो मौलिक खाना
चटक्कै बिर्स्यो? किन हामीलाई
आयातित बैदेसिक उत्पादनमा नै
निर्भर हुनुपर्यो? कता हरायो
हाम्रो पुर्खेउली खाना? किन
चाहिन्छ हामीलाई चाहि तीन
सांझा हिन्दुस्तानी बास्मती
र मन्सुलिको नै
भात? हाम्रा मौलिक
खाना छुटाएर कसरि
भयौ हामी सभ्य?
मैले अनुभव गरेको विभिन्न
ठाउका मौलिक खानाको
प्रकार र प्रकृति
बडो गजवको छ|
जस्तै: उगाली र गीथुरी
(स्थानिय गेडागुडी) केनियनका लागि
अझै पनि मुख्य
खाना हो, जुन
कुनै पनि साना
वा ठुला रेस्टुरेन्टहरु
वा होटेलहरुमा, औपचारिक
भोज-भातेरमा अन्य
खानाका साथमा इज्जतसाथ राखिन्छ
र बिना हिच्किचाहट
सबैले खाने प्रचलन
छ| माटाओके, उगाली,
गीथुरी हर शहरिया
वा गाउले युगान्डा
बासीको भान्सामा पाकेकै हुन्छ|
तेसैगरी नान, रोटि,
दाल पाकिस्तानी र अफगानिलाई
आफ्नो भान्सामा सताब्दिऔ
देखि हर दिन
खानै पर्छ| सखरखण्ड,
तरुल, पवपव (स्थानीय
फलबाट बनेको लेदो),
केरा, बदाम, माछा
आदिबाट बनेको खान पपुवा
निउ गिनी र
अन्य प्यासिफिक टापुबासीहरुले,
यी खानालाई अझै
मूल खानाका रुपमा
गौरब साथ खाएकै
छन्, हुन त
अस्ट्रेलियन वा निउजिल्यांडका
बिदेशिक खाना तिनीहरुको बजारमा नभित्रिएका होइन|
आदिम कालदेखि खादै
आएको स्थानिया
र मौलिक खाना
आफनै कृषि पैदावारमा
आधारित छन् र
लोकप्रिय पनि उत्तिकैछन|
मैले स्थानीयबासी संगै
बसेर खाने मौका
पाएकाले यी यथार्थ
लेख्दैछु| मलाई, यसमा चासो
पनि उत्तिकै छ
किनकि म खाध्यसुरक्षाको
बिषयमा बिगत डेड-दसक देखि
काम गर्दै आएकोले
होला| चाहे जतिसुकै
धनि वा गरिब
होस् मुलुक, धेरैजसो
देसका जनताले आफ्नै
देशमा उत्पादित बस्तुबाट
बनेका आफ्ना मौलिक
खाना नै खान्छन,
मनपराउछन, गौरब गर्छन
र सरकारले पनि
यस्ता खाध्य बस्तुको
स्वदेशमा नै उत्पादन
गर्न उत्प्रेरणा दिन्छ|
बिदेसबाट आयातमा स्थानीय उत्पादनलाई
असर नपरोस भनेर कठोर
नीति अबलम्बन गरेको
हुन्छ| अन्यथा यसले देसको
आर्थिक अवस्था डामाडोल पारिदिन्छ
र आन्तरिक कृषि
ब्यबसाय धारासायी हुन्छ| जस्तै:
अहिले नेपालले भोग्नु
परेको छ|
म हमेसा सम्झन्छु, मेरो
बाल्य तथा युवा
अवस्थामा बनेको मेरो घरको
खाना| हाम्रा सबै
खाना स्व-उत्पादित
हुन्थे| यदि बजारबाट
केहि किनिहाले पनि
स्थानीय तहमा उत्पादन
हुन सकने बस्तु जस्तै;
चिनी, नुन, जीरा-मसला, मट्टीतेल र
कपडा मात्रै हुन्थे|
बैदेसिक खाध्य बस्तु बिरलै
हाम्रो बजारमा आउथ्यो| मेरो
परिवार मध्यम बर्गीय परिवारमा
पर्थेi; र हाम्रो
आफ्नै खेतबारीमा चामल,
मकै, गहु, कोदो,
तरकारी, गेडागुडी उत्पादन हुन्थ्यो|
परिवारले खपत गरिसकेर
बढी भएको केहि
खाध्यान्न बिक्रि पनि हुन्थ्यो|
तैपनि म सम्झन्छु,
घरमा भात, मकैको
ढेड़ो, मौसम अनुसार
अन्य अन्न कोदो र
गहुका परिकार पनि
पाक्थ्यो र हामि
खुसिसाथ खाने गर्थेउ|
हामीले चामल नभएर
ढेड़ो खान परेको
अबस्य होइन, बरु
स्व-उत्पादित कृषि
अनाज खाने हाम्रो
पुर्खेउली प्रचलनले नै थियो|
आजकाल बल्ल खाध्य
बिज्ञले खाना विधिकरण
गरि खानु स्वास्थ्यको
लागि फाइदाजनक छ
भन्न थालेको छन|
कति महत्वपुर्ण र
अर्थपरक खाध्य प्रणाली अपनाइदो
रहेछ उस बखत/
हामि मात्रै होइन,
धनि भन्दा धनि
परिवार पनि यसै
गरि बिबिध अन्नको
परिकार खान्थे|
समय अगाडी बढ्ने क्रममा,
हाम्रो समाजले उल्टो काचुली
फेर्यो, दुर्भाग्यबस!! हाम्रो आफ्नै स्थानीय,
मौलिक र रैथाने
खाना नै विभाजित
भए, चामलको भात
धनिको खाना हुन
गयो भने मकै,
कोदो, फापर र
गहुको ढेड़ो गरिबको
खाना तथापी गरिबको
खाना पौष्टिक तत्वको
हिसाबले धनीको भन्दा अझ
उत्तम ठहरिन्छ| आडम्बर
र घरानाको रबाफ
देखाउन पनि बिस्तारै,
खानाको नामकरण पनि बदलियो|
भात भुजामा परिणत
भयो, भने ढेड़ो
ढेड़ोमै रह्यो| भुजा र
ढेड़ोमा ठुलो खाडल
बन्यो| सधा भुजा
(भात) खाने खानदानी
घराना परिवारका भन्ने
बुझिन थाल्यो भने
ढेड़ो खाने गरिब,
कंगाल र तल्लो
दर्जाको| यो बिडम्बनाले,
बिस्तारै चामलको खपत बढ्यो;
तर उत्पादन भने
घट्नेक्रम निरन्तररह्यो| अन्तत्वगत्वा हामी अहिले
हिन्दुस्तानी आयातित चामलमा भर
पर्दैछौ र बार्षिक
लगभग ३५ अर्बको चामल आयात
गर्दछौ| किन्तु, पौष्टिक अनि
आफ्नै उत्पादित गहु,
मकै, फापर, कोदो,
उवा, आलु आदि
गरिबको खानामा स्तरीकरण गरि
तिरस्कार गरि रहेकाछौ|
तराइबाट उत्पादन हुने धान,
गहु, दाल, आलु
सिजनमा सस्तोमा हुन्दुस्तान निर्यात
गर्ने अनि पछि
महँगोमा सोहि चामल
र आट्टा आयात
गरि किसानको आर्थिक
अवस्था र देसको
कृषि उत्पादनलाई क्षयिकरणगर्दै,
पुरै आर्थिक अवस्था
धारासाई बनाइरहेकाछौ|
हामि अरबौको चामल, २०
अर्ब भन्दा बढीको
तरकारी साथै अर्बौको
खसी, राँगा, भैसी,
हास, मादक पदार्थ,
फलफुल आदि हिन्दुस्तान
तथा अन्य देसबाट
आयात गर्दछौ | जुन
बस्तु आफ्नो देसमा
उत्पादन हुदैन वा गर्न
सकिदैन, सो बस्तु
आयात गर्नु युक्ति
संगत हुन्छ, तर
उत्पादन हुन सक्ने
जमिन छ, वातावरण
छ, जन शक्ति
छ, प्रबिधि छ
र खाध्य आबस्यकता
पनि हुदाहुदै उत्पादन
नगर्नु वा उत्पादन
गर्ने रणनीति सरकारबाट
नआउनु चाही लत्तो
छोडेको बाहेक अरु केहि
होइन| यसले देशको
भबिस्य अन्धकारमा धकदैछ| आफ्नो
देसमा उत्पादित हुने
सबै अन्न यदि
हामीले समुचित किसिमले उपयोग
गरेमा, बिदेसियको तेत्रो रकम
विकास, निर्माण र सेवा
मुलक परियोजनामा लगानी
गर्न सक्ने थिएउ|
कृषि ब्यबसायको सुधार, किसानको
आर्थिक वृद्धि, आफ्नो परिवारको
स्वास्थ्यमा संबेदनशील र सभ्य
समाज सृजना गर्ने
दाइत्व, हाम्रो आफ्नै हातमा
छ/ यसकालागी के
हामी यथाशिघ्र यसो
गर्न सक्दैनौ?
१.
चामललाई
मात्रै मुख्य खानाको श्रोत
नसम्झी, बिबिध कृषि उपज
मकै, गहु, कोदो,
फापर, आलु, उवा आदि स्वदेसमा
उत्पादित बस्तुलाई दैनिक खानामा
समाबेस गराऊ;
२.
आफ्ना
घरपरिवारका बालबच्चालाई स्थानीय तथा
मौलिक खाना तयार
गरि खान प्रोत्साहन
गरौ;
३.
घरायसी
जमघट वा भोज
भतेरमा स्थानीय तथा मौलिक
खाना तयार गरि
प्रचार प्रसार गरौ;
४.
भोजमा
वा रेस्टुरेन्टमा मौलिक
खानको नाम संगै
यसमा पाइने पौष्टिक
तत्वको मात्र पनि उल्लेख
गर्ने गरौ जसले
गर्दा युवा पुस्तालाई
खानाको महत्व बुझ्न सहज
होस्;
५.
बिध्यालय,
कलेज, सरकारी क्यान्टिन,
तालिम, गोष्ठीमा अरु खाना
संगै स्थानिया मौलिक
खान पनि राख्ने
अनिबार्य ब्यबस्था मिलाउ,
६.
सबै
स्थानिया खाद्यान्न सहज बिक्रि
गर्ने प्रबन्ध मिलाऊन
सरकारी स्तरबाट ब्यापारीलाई कडा
निर्देशन दिने ब्यबस्था
मिलाउ;
स्थानिय स्तरबाटै सुरुगरे सरकारको मात्रै
मुख ताक्न पर्दैन
भन्ने उदाहरण चितवनबासीले
हिन्दुस्तानबाट आयातित केरा प्रतिबन्ध
गरि, स्थानी यस्तरमा उत्पादित
केरालाई मात्रै बजारमा प्रबेस
गराउने निर्णय गरे| अहिले
केरा उत्पादन गर्ने
किसानको स्तर ह्वात्तै
बढेकोछ| येसैगरि चितवन, झापा,
मकवानपुर, नवलपरासी, तनहु, धादिंङ्ग
आदि जिल्लाका कुखुरा
ब्यबसायीले कुखुराको मासु र
अण्डामा आत्मनिर्भर बनाइसके| सायद
हाम्रो देसकै उत्पादित महले
पनि उल्लेख्य बजार
स्थापना गरिसक्यो| बिस्तारै पशु-पालन, दुग्ध ब्यबसाय
पनि फस्टाउदै छ|
होला, केहि बस्तुमा
हामीले हिन्दुस्तानको उत्पादनसंग प्रतिस्पर्ध गर्न
नसकौला, तर सोहि
बस्तु नजिकैको छिमेकी
तिब्बतलाई बैकल्पिक बजार गन्तब्यको
रुपमा स्थापना गर्न
सक्छौ| नेपालमा उत्पादन हुने
तर तुरुन्तै नसड्ने
जातका तरकारी तिब्बतलाई
प्रसस्त निर्यात गर्न सक्छौ|
केहि बर्ष अघि
नेपालमा उत्पादित काउली, बन्दा
तिब्बत निर्यात भएकै हो|
तेसैगरि अर्गानिक हरियो तरकारी,
फलफुल खाडी मुलुकमा
प्रसस्त निर्यात गर्न सक्ने
सम्भावना पनि छ|
यसमा, नेपाल सरकारको
सो मुलुकमा रहेका
राजदूतहरुको सहयोगले बजार बिस्तार
गर्न सके निर्यातको
सम्भाबना प्रचुर देखिन्छ|
स्वाधिनताको र रास्ट्रीयताको
खोक्रो नारा मात्र
होइन बिहान/बेलुका
घरमा हिन्दुस्तानी बासमतीको
भुजा र खसीको
मासु अनि सात
समुन्द्र पारका आयातित मदिरामा
रमाउने संस्कार बदल्न जरुरि
छ| तेसैले, देख्दा
सानो र गर्दा
सजिलो तर दिर्घकालिन
सकारात्मक प्रभाब पर्ने काम
आजैबाट सुरु किन
नगर्ने? आयात घटाई
बचेको अर्बौ, खर्बौ
रुपैयाबाट मुलुकमा लोक कल्याणकारी
विकास कार्य गर्न
सम्भब छ| सात
खर्बको बार्षिक घाटा अरु
कसैले हाम्रो थाप्लोमा
राखिदिएका होइनन, यो हाम्रै
बेथितिको फल हो|
No comments:
Post a Comment